इसीडी शिक्षकको पारिश्रमिक वृद्धि

Sarita Sah

 

शिक्षा सुधारको नाममा युनियनका अध्यक्ष नेत्र चापागाईं किन अनसनमा बसेका हुन ? शिक्षामन्त्रीले पूरा गर्लान त माग

Sarita Sah

शिक्षामन्त्रीको लिखित प्रतिबद्धता पछि ११ देखि माइतीघर मण्डलामा उभिएर धर्ना दिँदै आएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले आइतबारदेखि दबाव तथा विरोधका कार्यक्रम स्थगित गरेका छन् । चापागाईं इसीडी शिक्षा सुधारको माग राख्दै जेठ २ गते देखि दैनिक ८ घण्टाका माइतीघरमा उभिँदै आएका थिए । चापागाईंले न्युनतम पारिश्रमिकमा काम गरिरहेका इसीडी शिक्षकको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरेका थिए ।

शिक्षामन्त्री श्रेष्ठले चापागाईंले उठाएका मागहरु सम्बोधन गर्ने क्रममा दिवा खाजाकै लागि मेघा किचन तथा स्थानीय अनाजहरूको प्रयोग जस्ता कार्यक्रमलाई बजेटमार्फत लागू गराएर कम खर्चमै पनि ताजा, पोषिलो र गुणस्तरीय खाजा खुवाउने तथा अन्य स्रोतहरूको खोजी गर्न मन्त्रालयले नीति तथा कार्यक्रम र बजेटमा योजना प्रस्ताव गरेको उनको भनाइ छ । आउँदो आर्थिक वर्षबाटै केही स्थानमा पाइलट प्रोजेक्टको रुपमा उक्त कार्यक्रम लागु हुने जनाइएको छ । इसीडी शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरामा ल्याइने शिक्षामन्त्री श्रेष्ठले बताएकी छन् । बालबालिकाले पाउने दिवा खाजाको रकम वृद्धि गर्न पहल गर्ने उनको प्रतिबद्धता छ । ‘विद्यार्थीलाई दैनिक खाजा खर्च १५ रुपैयाँ पर्याप्त नरहेकोमा हामी सहमत छौँ । तर नेपालको आर्थिक अवस्थाका कारण अनिवार्य दायित्व समेत पूरा गर्न सम्झौता गर्नु पर्ने अवस्थामा एकै शीर्षकमा तीन गुना भन्दा बृद्धि हुने थप व्ययभार एकैपटक थप्न सम्भव नहुने देखियो । यसकारण सर्वप्रथम कुपोषणले ग्रसित बनाएका कर्णाली प्रदेशमा भने कम्तिमा २०–२५ सम्म प्रति विद्यार्थी लक्षित दिवा खाजाको कार्यक्रमका लागि पहल सुरू गरिसकेका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । ‘इसीडी शिक्षकको न्युनतम पारिश्रमिकको सुनिश्चितताका लागि अन्तरसरकारी पहल गरिनेछ । यसले सबै अस्थायी, करार शिक्षकलाई मात्र होइन, हाम्रा इसीडी शिक्षक समेत समेट्नेछ । साथै, अब आउने बजेट वक्तव्य र बजेटमा इसीडी शिक्षकलाई केन्द्रीत गहन प्रशिक्षण सम्बन्धी नयाँ कार्यक्रम समेत प्रस्ताव गरेका छौँ,’ उनले लेखेकी छन् ।

Sarita Sah

इसीडी शिक्षामा एकरुपता ल्याउन मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ । निजीमा ३ वर्षे र सरकारी विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षाको कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यसमा एकरुपता ल्याउनुपर्ने चापागाईंले औंल्याएका थिए । अध्ययनबाट आउने सुझावका आधारमा इसीडीलाई संस्थागत र सार्वजनिक दुवैतिर समान वर्षको बनाउने व्यवस्था गरिने उनले घोषणा गरेकी छन् । शिक्षामन्त्री श्रेष्ठले आन्दोलन गरेर इसीडी शिक्षा सुधारको बहसमा मुलधारमा ल्याएको भन्दै अभियन्ता चापागाईंलाई धन्यवाद समेत दिएकी छिन् ।

Sarita Sah

More यस वेभसाईटमा बिज्ञापन दिएर व्यापार, व्यवसाय, पेशा, स्कुल आदिको प्रचारप्रसार गर्नुहोस् । तपाईसँग कुनै सामाचार अनुसन्धान तथा लेख रचनाहरु छन् भने यस साइटमा प्रकासन गर्नुहोला ।

Comments